Information is intelligence
HomeNewsतस्करी गरी लैजाँदै गरिएको काठसहित पक्राउ

तस्करी गरी लैजाँदै गरिएको काठसहित पक्राउ

- Advertisement -spot_img

जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए। उनीहरुको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए।

पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिए। काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको उनले बताए । दुवै जनाको आज पिसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताए।

बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ । बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फडानी गरी तस्करी गरिरहेका छन् । उनीहरुले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरु काठ ओसार्न पल्केको रुपनीका राजु जयसवालले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु