Information is intelligence
HomeNewsकारागारमा उच्च सतर्कता

कारागारमा उच्च सतर्कता

- Advertisement -spot_img

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताए। सङ्क्रमण शुरु हुने समयमा नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको थियो । गत चैत महिनादेखि नै कैदीबन्दीलाई भेटघाट बन्द गरिएको छ ।

यस्तै कैदीबन्दीलाई पैसाबाहेक अन्य केही दिन पाइने छैन । भित्र ल्याउने सामानमा समेत सेनिटाइज गरेर मात्र पठाइने गरिएको छ । कर्मचारीलाई अत्यावश्यक कामबाहेक कार्यालय नआउन र घरमै बस्न भनिएको काफ्लेले जानकारी दिए। अस्पताल र कारागार पठाउनैपर्ने जटिल बिरामीलाई पिसिआर परीक्षण गरेर मात्र पठाउने गरिएको छ भने अन्य बिरामीलाई आन्तरिकरुपमा औषधिको व्यवस्था गरेर अस्पताल पठाउन बन्द गरिएको छ ।

चिकित्सकले सिफारिस गरेका औषधि कारागारमै ल्याएर नियमित खानेलाई दिने गरिएको छ । औषधि खानेलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्काे र अदालतबाट नियमित आउने थुनुवालाई क्वारेन्टिनका रुपमा छुट्टै ब्लकमा राख्ने गरिएको काफ्लेले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउन शुरु भएयता नै कारागारमा उच्च सावधानी अपनाइएको बताए। नयाँ कैदीबन्दी थपिँदा पिसिआर अनिवार्य गरिएको छ भन्दै उहाँले खाद्यान्न लिएर जानेबाट रोग सर्छ कि भन्ने चिन्ता रहेको जानकारी दिए। उनीहरुलाई पनि विशेष सावधानी अपनाउन भनिएको उनको भनाइ छ । कारागारमा धेरै कैदीबन्दी भएकाले सङ्क्रमण छिरेमा नियन्त्रणमा कठिनाइ हुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकाे भट्टराई बताउ छन् ।

अहिले कारागारमा ६८६  कैदीबन्दी  छन् । तीमध्ये ५५  महिला र ६२८  पुरुष  छन् । एक आश्रित बच्चा रहेको काफ्लेले बताए। महिलाको क्षमता २५ र पुरुषको क्षमता २५५  छ । तीमध्ये नियमित औषधि सेवन गर्ने दीर्घरोगी कैदीबन्दी १८२ जना छन् । नियमित औषधि खानेमा मुटु रोगका छ, उच्च रक्तचापका ७५ , मधुमेहका ६३ , क्षयरोगका दुई , थाइराइडका ११ , युरिक एसिडका १७ , छारेरोगका दुई, एचआइभीका तीन र मानसिक रोगी तीन जना छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु