Information is intelligence
HomeNewsखोलाले बगाउँदा बालिका बेपत्ता

खोलाले बगाउँदा बालिका बेपत्ता

- Advertisement -spot_img

भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मङ्गलबार साँझदेखि बेपत्ता भएकी हुन् । घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिए ।

घटनाबारे प्रहरीले बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ । बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु