Information is intelligence
HomeNewsछुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

- Advertisement -spot_img

दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ ।

राप्ती गाउँपालिका –२ को राप्ती नदी कटाहाघाटमा ४५ वर्षीय एक महिलाको शव फेला परेको हो । बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयवासीले शव किनारमा तैरिरहेका अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए।

त्यस्तै अर्घाखाँचीमा सर्पले डसेर एक जनाकाे  मृत्यु भएकाे छ । जिल्लाको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो । यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु