Information is intelligence
HomeInternationalधार्मिक क्षेत्रमा निर्वस्त्र भिडिओ खिचेपछि मुद्दा; ३ वर्ष सम्म जेल हुन सक्ने

धार्मिक क्षेत्रमा निर्वस्त्र भिडिओ खिचेपछि मुद्दा; ३ वर्ष सम्म जेल हुन सक्ने

- Advertisement -spot_img

उत्तर भारतस्थित तीर्थस्थल हृषीकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडिओ खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन्।

ति महिलाले लक्ष्मण झुला पुलमा खिचेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको थियो ।

हृषीकेशमा रहेको ‘लक्ष्मण झुला’ भनिने यस पुलबाट राम, सीता र लक्ष्मणले गङ्गा नदी तरेका थिए भन्ने मान्यता छ । यस्तो धार्मिक महत्वको क्षेत्रमा   ती यस्तो कार्य गरेपछी ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो।

दोषी प्रमाणित भएमा उनलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने समाचारसंस्था एएफपीले उल्लेख गरेको छ।

पक्राउ परेपछि ती महिलाले गरगहनाको आफ्नो व्यापार प्रवर्धन गर्ने उद्देश्यले आफूले भिडिओ बनाएको प्रहरीलाई बताएकी थिइन्। उनी धरौटीमा छुटेकी छन्।

तर समाचारसंस्था एएफपीलाई पठाएको एउटा विज्ञप्तिमा उनले यौन दुर्व्यवहार विरुद्ध चेतना जगाउन आफूले भिडिओ खिचेको दाबी गरेकी छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु