Information is intelligence
HomeInternationalअमेरिकामा मृत्युदण्ड पाउनुअघि कैदीहरूको अन्तिम भोजन

अमेरिकामा मृत्युदण्ड पाउनुअघि कैदीहरूको अन्तिम भोजन

- Advertisement -spot_img

अमेरिकामा मृत्युदण्डका विषयमा थप जानकारी होस् भनेर फोटोग्राफर ज्याकी ब्ल्याकले मृत्युदण्ड पाएका कैदीहरूले अनुरोध गरेको अन्तिम भोजन कस्तो थियो भनेर देखाउन तस्बिरहरू खिचेका छन्।

“तपाईँले गर्नुभएको वा नगर्नुभएको अपराधका लागि मृत्युवरण गर्नुअघि अन्तिम पटक तपाईँ के खान चाहनुहुन्छ?” आफ्नो तस्बिर परियोजनाको बारेमा अमेरिकी फोटोग्राफर भन्छन्। प्राप्त जानकारीका आधारमा सबै तस्बिरहरू पछि खिचिएका हुन्।

“यदि त्यो खाना हाम्रो अगाडि राखियो भने हामीले उनीहरूजस्तै अनुभव गर्न सक्छौँ।”

“हामी आफ्नै कार्यका बारेमा प्रश्न सोध्न सक्छौँ या न्यायप्रणालीका बारेमा प्रश्न उठाउन सक्छौँ।”

“सायद मृत्युदण्ड पाएका मानिसहरूको वेदना बुझ्न सक्छौँ।”

डेभिडवेयन स्टोकर

मृत्युदण्ड: सन् १९९७ जुन १६

शिक्षा: आठ वर्ष

ेसा: सिकर्मी

अन्तिम वाक्य: “तपाईँको स्वजनको मृत्युप्रति म साँच्चै दुःखि छु… तर मैले कसैलाई मारेको छैन।”

मृत्युदण्ड: सन् १९९९ डिसेम्बर ९

शिक्षा: १५ वर्ष

पेशा: मोटरसाइकल मिस्त्री

उनलाई मृत्युदण्ड सुनाइएपछिका दिनहरूमा एक मुख्य साक्षीले बयान फेरेका थिए भने उनको फैसलामा पुर्नविचार गर्ने समितिका तीन सदस्यले उनलाई माफी दिनुपर्ने राय दिएका थिए।

उनले मर्नुअघि परिवारको प्रशंसा गर्दै इरान, इराक र क्युबाजस्ता देशहरूलाई विनाश गरेर निर्दोष मानिसहरू मार्न खोजेको भन्दै अमेरिकी सरकारको आलोचना गरेका थिए र मानवजीवनको मूल्य बाँकी नराखेको बताएका थिए। त्यस्तै वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै यस्तै भइरहे सबै विनाशतर्फ जाने बताएका थिए।

अन्तिम वाक्य: “सत्य बाहिर आउने वा मानिसहरूले के भइरहेको छ थाहा पाउने थोरैमध्ये एक तरिका हामीले स्वतन्त्र प्रेसलाई समर्थन गरेर हो। तर म देख्छु प्रेस स्वतन्त्र अस्तित्वका लागि सङ्घर्ष गरिरहेको छ।”

सबै तस्बिरको सर्वाधिकार सुरक्षित

(बिबिसी नेपालीबाट साभार)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु