Information is intelligence
HomeEntertainment & Artsकरण जाेहर विरूद्द लगातार आक्रमणमा कंगना

करण जाेहर विरूद्द लगातार आक्रमणमा कंगना

- Advertisement -spot_img

सुशान्त सिंह राजपुतकाे मृत्युपछि बलिउडमा नेपाेटिज्मले राम्राेसँग मार्केट ततायाे । नेपालमा पनि पछिल्लाे समय नेपाेटिज्म बारेमा धेरै नै कलाकारहरूले मुख खाेलेका छन् । याे विषय सेलाउन नपाउँदै बलिउडमा नेपाेटिज्म विराेधिहरूकाे निशानामा  परेका निर्देशक करण जाेहर फेरि विवादमा तानिएका छन् ।

हालसालै करणले एउटा पुस्तक निकाल्ने कुरा साेसल मिडियाबाट सार्वजनिक गरेका थिए । तर उनकाे याे अभिव्यक्तिप्रति ट्राेलबाहेक कुनैपनि प्रतिक्रिया आएकाे छैन। यहि विषयमा करण जाेहरकाे विरूद्दमा लगातार बाेल्ने नायिका कंगना रनावतले करणकाे याे अभिव्यक्तिलाई केवल भद्दा मजाक मात्र भएकाे बताएकी छिन्  । उनीले एक ट्वीट गर्दै लेखेकी छिन्  करण जौहर, आदित्य चोपड़ा, महेश भट्ट जस्ता मूवी माफियाकाे कारणले सुशान्त मारिए । एक परिवार काे सन्तानलाई यसै उत्पिडन गरिएकाे छ। तर यहाँ करण आफ्नाे बच्चाकाे प्रमाेट गरेर बसेका छन् , याे शर्मकाे बात हाे ।

कंगनाकाे याे ट्वीट अहिले भारतमा भाइरल भैरहेकाे छ । करण जाेहरका विराेधिहरू अहिले झनै आक्राेशमा आएका छन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु