Information is intelligence
HomeInternationalम्यान्चेस्टर सिटी ६२३ मिलियन पाउन्ड खर्चदै

म्यान्चेस्टर सिटी ६२३ मिलियन पाउन्ड खर्चदै

- Advertisement -spot_img

रेकर्ड स्पोर्टका अनुसार मेस्सीले £623 मिलियन पाउन्डमा पाँच-बर्षे सम्झौता स्वीकार गरेका छन।

यो सम्झौताले मेस्सीलाई खेलको इतिहासमा सब भन्दा बढी कमाउने व्यक्ति बनाउँछ।

यो सम्झौता अनुरुप एक घण्टाकाे १४००० पाउन्ड , प्रति दिन ३४१,००० पाउन्ड , हरेक हप्ता २.४ मिलियन पाउन्ड र एक महीनामा पाउन्ड १०.४ मिलियन पाउन्ड कमाउने छन।

सम्झौता अनुरुप ३ सिजन म्यान्चेस्टर सिटीमा खेल्नु पर्ने छ र तत्पश्चात उनी सिटी फूटबल ग्रुप  अन्तर्गतको न्यूयोर्क  सिटी फूटबल क्लबमा चाहेको खन्डमा जान पाउने छन।

सिटिले मेस्सीलाई आफ्नो प्याकेजको भागको रूपमा सीएफजीमा इक्विटी शेयर प्रस्ताव गर्नसक्ने छन्। बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले निर्णय गरे कि मेसी बार्सिलोनामा बस्न नचाहने हो भने उनलाई जति सक्दो चाँडो बाहिर पठाउनु राम्रो हुन्छ।

सम्भावित अध्यक्ष भिक्टर फन्टले वर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेयूलाई अर्जेन्टिनाका सुपरस्टारलाई “जब चाहन्छन् छोड्ने अनुमति दिने” भनेर  आफ्नो वाचाको सम्मान गर्नैपर्छ भन्नेमा जोड दिएका छन्।

मेस्सीका बुबा आज बार्सिलोनाका प्रमुखहरूसँग कुराकानीको लागि अर्जेन्टिना, आफ्नो घरबाट आफ्नो प्राइवेट जेटमा स्पेन उडेका छन्।

(स्रोत : The Sun)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु