Information is intelligence
HomePoliticsतयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचित : नेता पौडेल

तयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचित : नेता पौडेल

- Advertisement -spot_img

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषयहरु बाहिर आएको बताउँदै खुला प्रतिस्पर्धाविना निश्चित ठेकदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उल्लेख गरेकाछन् ।

उनले आज प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन को दफा ८, ९, १० र १५ तथा नियमावली (६) विपरित रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा विना निश्चित ठेकदारलाई दिनु गलत भएको बताएका हुन् । राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित भएको बताउँदै नेता पौडेलले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत भएको उल्लेख गरेका हुन् ।  नेता पौडेलले  तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास तथा प्रविधि समिति, नेपाल सरकार र अख्तियार दुरुपयोग अुनसन्धान आयोगलगायत सम्बद्ध न्यायिक निकायको ध्यानाकर्षण गराएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु