Information is intelligence
HomeSportsनेयमारमा पनि कोविड-१९ पोजिटिव

नेयमारमा पनि कोविड-१९ पोजिटिव

- Advertisement -spot_img

पि. एस्. जि. का त्रिमुर्ती नेयमार, डि मरिया र परेडेसमा कोविड-१९ पोजिटिव

पि. एस्. जि. को पहिलो टोली मा कोविड पोजिटिव देखिने श्रृंखलामा नेयमारमा पनि कोरोना पोजिटिव देखिएको छ। यो सँगै पि. एस्. जि मा उनी तेस्रो खेलाडी हुन जसमा कोरोना देखिएको छ। यस अघी टोलीका एन्जेल डि मरिया र लिन्ड्रो परडेसमा पनि कोरोना सन्क्रमण देखिएको खबर  एल’एकुइप ( L’Equipe ) ले दिएको छ ।

स्रोतका अनुसार यही सोमबार दुई नाम नखुलाइएका खेलाडीहरुमा कोरोनाका लक्ष्यणहरु देखिएको पाइएको थियो।
इबिजामा बिदा मनाएर आएका अर्जेन्टिनिअन द्वय एन्जेल डि मरिया र लिन्ड्रो सन्क्रमणका कारक रहेको फ्रान्सको स्पोर्टस दैनिक एल’एकुइप ( L’Equipe ) द्वारा जारी रिपोर्टले बताउँछ।

पि. एस्. जि. ले भने यही सेप्टेम्बर १० मा हुने लिग १ को टाइटलका लागि भिड्ने तयारी गरी रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु