Information is intelligence
HomeScience & Technologyकाेराेना कहरमा विश्वका टप १० स्मार्टफाेनहरू(मुल्य सहित)

काेराेना कहरमा विश्वका टप १० स्मार्टफाेनहरू(मुल्य सहित)

- Advertisement -spot_img

कोरोना संक्रमणका  कारण स्मार्टफोनको बजारमा निकै नै असर परेको छ। २०२० लागेसँगै  स्मार्टफोन बजारमा निकै नै भारी  गिरावट आएको देख्न सकिन्छ । बजार भाउ सोचेजति नआए पनि टेक कम्पनीहरूले नया फिचरसँगै थोरै मात्रामा मोबाइलहरू बजारमा ल्याएका थिए, जसलाई ग्राहकहरूले निकै नै  मन पराए ।

एनालिटिक्स कम्पनी omdia ले एउटा  रिपोर्ट तयार परेको छ । जसमा २०२० लागेदेखि  छ महिनामा विश्वभरि सर्बाधिक बिक्रि भएका  मोबाइलहरूको सुचीमा Samsung, Apple अनि Xiaomi धेरै मात्रामा बिक्रि भएको देख्न सकिन्छ।

सर्बाधिक बिक्रि हुने मोबाइलहरू :

Apple iPhone 11

रिपोर्ट अनुसार   कम्पनीले २०२० को पहिलो ६ महिनामा  iphone 11, ३७.७ मिलियन युनिट सेल गरेको छ। २०१९ मा पनि iphone 11 विश्व बजार मा सर्बाधिक बिक्रि भएको थीयो।  यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 64,900 रहेको छ भने नेपालमा 1,18,000 छ।

Samsung galaxy A51

विश्व बजारमा सर्बाधिक बिक्रि हुने मोबाइलको सूची मा Samsung galaxy A51 दाेश्राे स्थानमा रहेको छ । २०२० को पहिलो ६ महिनामा  Samsung galaxy A51, 11.4 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 23,999 रहेको छ भने नेपालमा 45,000 छ।

Xiaomi Redmi Note 8

सर्बाधिक बिक्रि हुने मोबाइलको सूचीमा Xiaomi Redmi Note 8 तेस्रो स्थान मा परेको छ । २०२० को पहिलो ६ महिनामा  Xiaomi Redmi Note 8, 11 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 12,799 रहेको छ भने नेपालमा 20,999 छ।

Xiaomi Redmi Note 8 Pro

सर्बाधिक बिक्रि हुने मोबाइलको सूचीमा Xiaomi Redmi Note 8 Pro चौथो स्थानमा परेको छ। २०१९ मा यो  मोबाइल बिसेस गरि गेमिंङका लागि बिक्रि भएको थियो । यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 16,999 रहेको छ भने नेपालमा 26,999छ।

Apple iPhone SE

सर्बाधिक बिक्रि हुने मोबाइलको सूचीमा Apple iPhone SE पाचौँ स्थानमा परेको छ । २०२० को पहिलो ६ महिनामा Apple iPhone SE, 8.7 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 37,900 रहेको छ भने नेपालमा  70,000 छ।

Apple iPhone XR

सर्बाधिक बिक्रि हुने मोबाइलको सुचीमा Apple iPhone XR छैटौँ स्थानमा परेको छ । २०२० को पहिलो ६ महिनामा Apple iPhone XR, 8 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 47,500 रहेको छ भने नेपालमा  96,000 छ।

Apple iPhone 11 Pro Max

सर्बाधिक बिक्रि हुने मोबाइलको सूचीमा Apple iPhone 11 Pro Max सातौँ स्थानमा परेको छ । २०२० को पहिलो ६ महिनामा Apple iPhone 11 Pro Max, 7.7 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 1,11,600 रहेको छ भने नेपालमा  1,78,000 छ।

Xiaomi Redmi 8A

सर्बाधिक बिक्रि हुने मोबाइल को सूचीमा Xiaomi Redmi 8A आठौं स्थानमा परेको छ । २०२० को पहिलो ६ महिनामा Xiaomi Redmi 8A, 7.3 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 7,499 रहेको छ भने नेपालमा  14,999 छ।

Xiaomi Redmi 8

सर्बाधिक बिक्रि हुने मोबाइल को सूचीमा Xiaomi Redmi 8 नवौं स्थानमा परेको छ । २०२० को पहिलो ६ महिनामा Xiaomi Redmi 8, 6.8 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 9,999 रहेको छ भने नेपालमा  16,499 छ।

Apple iPhone 11 Pro

सर्बाधिक बिक्रि हुने मोबाइल को सूचीमा Apple iPhone 11 Pro दशाैँ स्थानमा परेको छ । २०२० को पहिलो ६ महिनामा Apple iPhone 11 Pro, 6.7 मिलियन युनिट सेल गरेको छ।यो मोबाइलको  सुरुवाती रकम विश्व बजारमा 1,06,600 रहेको छ भने नेपालमा  1,78,000 छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु