Information is intelligence
HomeNewsअर्थमन्त्री युवराज कि वामदेव ? सचिवालयमा हुँदै छ घमाशान ।

अर्थमन्त्री युवराज कि वामदेव ? सचिवालयमा हुँदै छ घमाशान ।

- Advertisement -spot_img

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बिहीबार दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको हो ।  बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले खतिवडालाई नै दोहोर्याउन चाहेका छन् भने प्रचण्डले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरी अर्थ तथा उपप्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने धारणा अघि सारेका छन् ।

बामदेव गौतम पनि राष्ट्रिय सभामार्फत नियुक्त भएर अर्थ तथा उपप्रधानमन्त्री बन्न चाहेका छन् । केहीदिन अघिमात्र गौतमले आफूलाई राष्ट्रियसभामा लैजान यसअघि भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको खबरहरु सार्वजनिक भएका थिए । यसकारण नेकपामा फेरि गौतम र खतिवडाको नियुक्ति विषयले पुनः चर्चा पाएको छ ।

यता, प्रधानमन्त्री ओलीको खतिवडालाई नै सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना देखाए पनि गौतमले पार्टीभित्र अब उक्त स्थानमा आफूलाई पठाउनुपर्ने अडान लिएका कारण केही अप्ठेरोमा परेको बुझिएको छ । सचिवालयका बहुमत सदस्य गौतमको पक्षमा रहेका छन् । यस्तै, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पूर्वसहमति अनुसार गौतमलाई नै राष्ट्रियसभामा पठाउनुपर्ने पक्षमा उभिएका छन् । राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो । सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडा अब आउँदो शनिबारसम्म मात्र मन्त्री हुन पाउनेछन् । यस अवधिमा संघीय संसदको सदस्य नभए उनी स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ । यसर्थ, अबको केही समय मुलुकको राजनीति यही विषयमा केन्द्रित हुने देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु