Information is intelligence
HomeInternational'The Rock'सँगै उनकाे सम्पूर्ण परिवार नै कोरोना संक्रमित

‘The Rock’सँगै उनकाे सम्पूर्ण परिवार नै कोरोना संक्रमित

- Advertisement -spot_img

पूर्व रेसलर तथा वर्तमान विश्वका सबैभन्दा महङ्गा अभिनेता द रकसँगै उनकाे सम्पूर्ण परिवार नै काेराेना संक्रमित भएका छन् । उनले काेराेना रिपाेर्ट पाेजेटिभ आउँदा आफू अचम्मित भएकाे बताएका छन्।

उनले थपे: “हामी यसको अर्को छेउमा छौं र अब संक्रमण छैन। भगवानलाई धन्यवाद, हामी स्वस्थ छौं।”

उनकी  श्रीमती ३५ बर्षे लरेन र उनकी छोरीहरू जैस्मिन र टियाना, जो चार र दुई वर्षका छन , करिब दुई र साढे दुई हप्ता अघि भाइरस बाट संक्रमित भएका थिए।

रक र उन्को परिवारमा काेराेना उनिहरुकै पारिवारिक सदस्य बाट सर्न गएको कुरा बताउछन। जहाँ कोसैलाई पनि कुनै शंका नै भएन।

“यो पारिवारिक रूपमै  हामीले सामना गर्नुपरेको सबैभन्दा चुनौतीपूर्ण र गाह्रो कामहरू मध्ये एक हो,” रकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा  पोस्ट गरिएको एक भिडियोमा भने।

“कोविड पोजेटिव निक्लनु नराम्रो चोटपटक पार गर्नुभन्दा धेरै कडा छ, भित्र बाट आश मर्छ मन, फुट्छ, अनी सातो जान्छ,  म धेरै पटक बिल्कुल निराश  भएको छु,” उनले थपे।

“मेरो प्रथम प्राथमिकता मेरो परिवारको रक्षा गर्नु हो। हामी हामीलाई दिइएका आशिषहरुको निकै मुल्याङ्कन गर्दैछौं किनकि हामी यो कुरा राम्ररी जान्दछौं कि कोविडको अर्को छेउमा पुग्दा स्वास्थ्य स्थिति धेरै नराम्राे हुन्छ, सायद नचाहेको घटना पनि हुन सक्दछ” जोनसनले भने।

“यसले मलाई चकित तुल्यायो कि त्यहाँ बाहिरका केहि नेताहरू सहित केही राजनीतिज्ञले मास्क लगाउने कुरालाई नै राजनीतिक एजेन्डाको हिस्सा बनाइरहेका छन्। यसको राजनीतिसँग कुनै सरोकार छैन। आफ्नो मास्क लगाउनुहोस्। यो तथ्य हो र मास्क लगाउनु  सही कुरा हो।”

ड्वेन जोनसन आफ्ना बुबा रोकीको साथ एक रेस्लर र (WWE) स्टार बन्न पुगे।

उनी अभिनयमा फर्कनुअघि खेलमा ठूलो सफलता पाए। दि स्कोर्पियन किङ, फास्ट एन्ड फ्युरियस ६ र दि जुमान्जी, फ्रान्चाइजी जस्ता ब्लकबस्टर फिल्महरूमा अभिनय गरे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु