Information is intelligence
HomeInternationalमोदीको वेबसाइट, ट्वीटर एकाउन्ट ह्याक : ठगीको प्रयास

मोदीको वेबसाइट, ट्वीटर एकाउन्ट ह्याक : ठगीको प्रयास

- Advertisement -spot_img

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ । ट्वीटरले पनि यसको औपचारिकरुपमा पुष्टि गरेको छ । यसअघि मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रहसहित शृखलाबद्ध रुपमा ट्वीट भएको थियो । मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको छ ।

अरुहरुको एकाउन्ट ह्याक भए वा नभएको बारेमा भने जानकारी आइनसकेको ट्वीटरकी प्रवक्ताले बताएकी भन्दै भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । केही समयअघि आगामी नोभेम्बरमा हुने चुनावका लागि अमेरिकी राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा आक्रमणहरु भएका थिए ।

बिटकोइनको माग गर्दै ह्याक भएको अकाउन्ट बाट गरिएको ट्वीट् 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु