Information is intelligence
HomeNewsमत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच झडप (भिडियो सहित)

मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच झडप (भिडियो सहित)

- Advertisement -spot_img

ललितपुर — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका छन् । अहिले पुल्चोक सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु