Information is intelligence
HomeNewsआज थप १,२२८ जना संक्रमित, उपत्यकामा ४ सय ८१संक्रमित थपिए

आज थप १,२२८ जना संक्रमित, उपत्यकामा ४ सय ८१संक्रमित थपिए

- Advertisement -spot_img

काठमाडौं, १६ भदौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा  १,२२८ जना संक्रमित थपिएका छन् । बुधबार ११२० जना र  मंगलबार १०६९ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८१ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ३ सय ९३ संक्रमित थपिएका छन् भने ललितपुरमा ५८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३० जना संक्रमित देखिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ४२,८७७ पुगेको छ ।यस्तै देशभर निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । आज ९१७ जना निको भएका छन् । बुधबार १,११२ जना निको भएका थिए । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु