Information is intelligence
HomeNewsधरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

- Advertisement -spot_img

काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । अन्य मानवीय क्षति भने भएको छैन । भूकम्पले भत्काएपछि अहिले धरहरा पुनःनिर्माण चलिरहेको छ । साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु