Information is intelligence
HomePoliticsराष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय

राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय

- Advertisement -spot_img

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एक सिट रिक्त रहेको राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई  सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि साँझ पौने ६ बजेसम्म बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीभित्र अर्थमन्‍त्री युवराज खतिवडाको निरन्तरता वा गौतमको नाम सिफारिस गर्ने भन्ने विषयमा चर्को बहस भएको थियो ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष गौतम को हुने  ? भन्ने बारेमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको थिएन । बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले गौतमको नाम सिफारिस गर्ने प्रस्ताव बैठकमा गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु