Information is intelligence
HomeSportsसन्दीप सम्मिलित जमैकाकाे आज ८ औँ खेल

सन्दीप सम्मिलित जमैकाकाे आज ८ औँ खेल

- Advertisement -spot_img

क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याटियटसविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार आज साँझ ७: ४७ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई सेमिफाइनल यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । यता सेन्ट किट्स आजको खेलमा पराजित भएमा लिग चरणबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बन्ने छ । जमैका ७ खेलमा ३ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । सेन्ट किट्स ८ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ ।

जमैकालाई कम्जोर ब्याटिङ चिन्ताको विषय बनेको छ । जमैकाले चार मध्य तीन खेल कम्जोर ब्याटिङको कारण हारेको छ । जमैका ओपनर ग्लेन फिलिप्स र अलराउन्डर आन्द्रे रसेल बाहेक अन्यको प्रर्दशन राम्रो छैन । बलिङमा स्पिनर सन्दीप र मुजिब उर रहमानको जोडिले उच्च प्रर्दशन गर्दै आएका छन् ।

सन्दीपले ७ खेलमा १० विकेट लिएका छन् । मुजिब ७ खेलमा १३ विकेट लिएका छन् । तीव्र गतिका बलर कार्लोस ब्रेथवेट, ओशाने थोमस र फिडेल एडवार्ड्सलाई स्पिनरलाई राम्रो साथ दिन आवश्यक छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु