Information is intelligence
HomeNewsस्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह

स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह

- Advertisement -spot_img

फोटो पत्रकार क्लबले नेपालका पत्रकारका लागि स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह गरेको छ । क्लबले एक प्रेस विज्ञप्ति जारी गरी ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर सङ्कलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु घाइते भएको जनाएको छ ।

झडपमा एएफपीका प्रकाश माथेमा, एपीका निरञ्जन श्रेष्ठ, अन्नपूर्ण पोस्टका सुनिता डङ्गोल, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रतीक रायमाझी घाइते भएका थिए । “चौथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न र संयमित भई सहज वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु