Information is intelligence
HomePoliticsआज मन्त्रिपरिषद् बैठक बस्दै; खतिवडाले राजीनामा दिने सम्भावना

आज मन्त्रिपरिषद् बैठक बस्दै; खतिवडाले राजीनामा दिने सम्भावना

- Advertisement -spot_img

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने सम्भावना रहेको छ । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सम्भवतः खतिवडाले सोही बैठकमा राजीनामा बुझाउने छन् । खतिवडाले अर्थ सहित सञ्चार प्रविधि मन्त्रालय पनि सम्हालेका छन् । नेकपा सचिवालयको बिहीबारको बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

यससँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ । खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए । नयाँ अर्थमन्त्रीमा वामदेव गौतम, विष्णु पौडेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतको नाम चर्चामा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु