Information is intelligence
HomeNewsकरेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

- Advertisement -spot_img

घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको  छ  ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर  ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र  शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु