Information is intelligence
HomeNewsजिल्लामै पहिलो आइसोलेशन केन्द्र बनाउँदै भागेश्वर

जिल्लामै पहिलो आइसोलेशन केन्द्र बनाउँदै भागेश्वर

- Advertisement -spot_img

डडेल्धुरा जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आइसोलेशन केन्द्र निर्माण गर्न शुरु गरेको छ । भागेश्वर  सदरमुकाम बगरकोटमा २० शय्याको आइसोलेशन केन्द्र निर्माण भइरहेको छ ।

एक स्थानीय तह एक आइसोलेशन केन्द्र निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधानअनुसार गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको जनश्रमदानमा केन्द्र  निर्माण शुरु गरिएको हो । करीब रु २० लाखका लागतमा भदौभित्र सम्पन्न गर्ने गरी केन्द्र निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताए।

आइसोलेसन केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा हुनेछन्  । आइसोलेशन वार्ड भनिए पनि बिरामी नभएका समयमा क्वारेन्टिनका रुपमा पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु