Information is intelligence
HomePoliticsखतिवडाले अर्थमन्त्री पदबाट विदा मागे

खतिवडाले अर्थमन्त्री पदबाट विदा मागे

- Advertisement -spot_img

आज बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

खतिवडाल आज साँझसम्म राजीनामा दिने जनाइएको छ ।

यससँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ । खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए । नयाँ अर्थमन्त्रीमा वामदेव गौतम, विष्णु पौडेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतको नाम चर्चामा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु