Information is intelligence
HomeUncategorizedअनुदानमा हिउँदे तरकारीको बिउ

अनुदानमा हिउँदे तरकारीको बिउ

- Advertisement -spot_img

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै कृषिको आधुनिकीकरण मार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न विभिन्न नौ जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला (मिनुअर्ली र चालिसे), सिमी, पालुङ्गो, धनीया, काउली, बन्दा र केराउको बिउ अनुदानमा उपलब्ध गराएको हो । यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिका भित्रका जमिनमा उत्पादन हुनसक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूल लगायतका बिरुवा पनि वितरण गर्दै आएको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु