Information is intelligence
HomeNewsदेशभर १३५९ कोरोना संक्रमित थपिए, उपत्यकामा ४५४

देशभर १३५९ कोरोना संक्रमित थपिए, उपत्यकामा ४५४

- Advertisement -spot_img

देशभर कोरोना संक्रमितको संख्या १३५९ पुगेको छ । जसमा पुरुष ८९५ रहेका छन् भने महिला ४६४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  उनका अनुसार काठमाडौंका ३८६ , ललितपुरका ३२  र भक्तपुरका ३६   जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

शुक्रवार १४ जनाको निधन भएको छ। हालसम्म निधन हुनेको संख्या २ सय ७१ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु