Information is intelligence
HomeEconomyसात स्थानीय तहले बनाए बजार व्यवस्थापन ऐन

सात स्थानीय तहले बनाए बजार व्यवस्थापन ऐन

- Advertisement -spot_img

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा भइसक्दा पनि जनप्रतिनिधि उपभोक्ता अधिकारप्रति जिम्मेवार हुन सकेका छैनन् । जनताको घरआँगनमा पुगेको भनिएका ७५३ सरकारमध्ये हालसम्म सात वटाले मात्र स्थानीय बजार व्यवस्थापन ऐन बनाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज ९ सेजन०ले आज आयोजना गरेको वेबिनार कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले दमक, कलैया, भीमेश्वर, टीकापुर, वीरेन्द्रनगर, तानसेनलगायतले मात्र कानून बनाएको जानकारी दिए। स्थानीय तहले उपभोक्ता अधिकारका लागि ११ विषयमा काम गर्न सक्ने व्यवस्था संविधानमा भए पनि हालसम्म कानूनसमेत बनाएका छैनन् ।

कानून बनाएका स्थानीय तहले भने रु ६० लाखसम्म वार्षिक बजेट उपभोक्ता अधिकारका लागि राखेको पनि उनले सुनाए । “ऐन जारी नगर्दा स्थानीय तहका उपप्रमुखले अुगमनको नाममा बजार डुल्ने मात्र काम गरेका छन्,  वाणिज्य विभागले यहाँ बसेर ताप्लेजुङ र मुगुका बजार व्यवस्थापन गर्न सक्दैन, त्यहीँका सरकारले कानून बनाएर काम गर्नुपर्छ”, उपभोक्ता अधिकारवादी बानियाँले भने।

उपभोक्ता संरक्षण ऐनको धारा ५४ बिक्री भएको विषय संसदीय समितिमा आफूले बोलेको उहाँले बताए । अन्य देशमा बजार अनुसन्धानका लागि ठूलो राशि खर्च हुन्छ । नेपालमा ७६१ सरकारले बजार अनुसन्धानका लागि खर्च नगरेको उनको भनाइ छ । यसैका कारण तरकारी व्यापारमा सात तहमा बिचौलिया हुँदा पनि केही हुन सकेको छैन ।  सिद्धान्त बुझेका उपभोक्ता अधिकारकर्मी बनाउन प्रशिक्षित गर्न नसक्नु उपभोक्ता अधिकारकर्मीको पनि कमजोरी भएको उहाँले स्वीकार गरे।

उपभोक्ता ठग्न भ्रमपूर्ण विज्ञापन समेत हुने गरेको छ । रु १५ हजारको तालिमले रोजगार ग्यारेन्टी भनी विज्ञापन हुने गरेका उजूरी मञ्चमै आएका छन् । केन्द्रीय उपभोक्ता संरक्षण परिषद्मा विचौलियालाई राखिएको उल्लेख गर्दै सरकारको नीतिगत कमजोरीका कारण चिनीमा रु १५ देखि २१ सम्म मूल्यवृद्धि भएको उनले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु