Information is intelligence
HomeEconomyसेयर कारोबार खुल्ने वित्तिकै छायो हरियाली

सेयर कारोबार खुल्ने वित्तिकै छायो हरियाली

- Advertisement -spot_img

२१ भदौ, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार खुल्ने वित्तिकै उचालिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार खुलेको १५ मिनेट पुग्न नपाउदै  ३२ अंकले उकालो लागेको थियो । यद्यपि, अहिले केहि थामिएको छ ।

बजार खुल्ने वित्तिकै शुरु भएको  बढ्ने क्रममा केहि मिनेट पछि ब्रेक लागे पनि कारोबार हुने सबै उपसमूहहरु हरियाली छाएका छन् ।

डा. युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिएपछि आइतबार पहिलो पटक खुलेको बजार हरियाली छाएपछि बजार बढ्नुको कारणलाई कतिपय लगानीकर्ताले खतिवडासँग जोडेका छन् ।

खतिवडाको बहिगर्मनपछि लगानीकर्ताको मनोवल बढेका कारण बजार उचालिएको लगानीकर्ताहरु बताउछन् । ११ बजेर १८ मिनेटसम्ममा बजार करिब १४ अंकले बढेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु