Information is intelligence
HomePoliticsठेक्का लिएर मल नल्याउने कम्पनीको ठेक्का रद्द, जमानत जफत

ठेक्का लिएर मल नल्याउने कम्पनीको ठेक्का रद्द, जमानत जफत

- Advertisement -spot_img

काठमाडौँ — ठेक्का बमोजिम भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरिएको हो ।

गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु