Information is intelligence
HomeHealthकाेराेना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण

काेराेना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण

- Advertisement -spot_img

चितवन जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेकाे आइसाेलेसनमा रहेकाे काेराेना संक्रमितहरूलाई आयुर्वेदिक औषधि वितरण गरेकाे छ ।

२६ जना काेराेना संक्रमित रहेकाे रत्ननगर ५ स्थित आइसाेलेसन सेन्टरमा चितवन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.काेपिला अधिकारीकाे उपस्थितिमा औषधि वितरण गरिएकाे हाे ।  उक्त आइसाेलेसनमा रहेका संक्रमितहरूलाई गुडुचीचूर्ण,जेष्ठवसादी,मुलेठीचूर्ण,सिताेपलादी,त्रिकटु एवं अश्वगन्धाचूर्णलगायतका आयुर्वेदिक औषधि वितरण गरिएकाे डा.अधिकारीले जानकारी दिइन्।

साथै उक्त आइसाेलेसनमा रहेकाे ८ महिला , १५ पुरूष र ५ जना बालबालिकाई याेग तथा प्राणायाम प्रशिक्षणसमेत गराइएकाे डा.अधिकारीले जानकारी दिइन्  ।

उनले राेग प्रतिराेधक क्षमता वृद्दि गर्नका लागि आयुर्वेदिक औषधि एवं मनाेसामाजिक परामर्श तथा याेग प्राणायामका लागि आफूसँग उपलब्ध श्राेत साधनकाे प्रयाेग गरी काेराेना संक्रमितकाे मनाेबल उच्च राख्न केन्द्रले सक्दाे प्रयास गरिरहेकाे जानकारी दिइन् ।

चितवन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चितवन जिल्लामा याेभन्दा अघिपनि विभिन्न ठाउँमा गएर संक्रमितहरूकाे मनाेबल वृद्दि गराउनका लागि याेग तथा प्राणायाम प्रशिक्षणका साथै औषधि वितरण पनि गरिरहेकेा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु