Information is intelligence
HomeInternationalमेस्सी प्रशिक्षणमा फर्कने

मेस्सी प्रशिक्षणमा फर्कने

- Advertisement -spot_img

एजेन्सी । बार्सिलोनामै बस्ने निर्णय गरेका लियोनल मेस्सी प्रशिक्षणमा फर्कने भएका छन् । सम्झौता अनुसार एक सिजन बार्सिलोनामै बस्ने निर्णय लिएका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

उनले बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ । क्लबका लिजेन्ड ३३ बर्षिया खेलाडीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसंग भेट गरि अर्को समरसम्म बार्सिलोनामै बस्ने बिषय अवगत गराउनेछन् ।

स्पेनबाट आएका रिपोर्ट अनुसार मेस्सी पर्ख र हेरको अवस्थामा छन् । बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ । सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने ब्यक्तिमा मेस्सीको भविष्य निर्भर रहनेछ ।

रिपोर्ट अनुसार मेस्सी तत्काल जारी विवादलाई थाती राखेर बार्सिलोनामा ध्यान केन्द्रित गर्न चाहन्छन् ।

Barcelona icon Lionel Messi was left with little option but to stay until his contract runs out next summer

कोरोना भाइरसपछि अबरुद्ध सिजन सुरु भएपछि रियल मड्रिड लिग लिडर बार्सिलोनालाई हराउँदै ला लिगाको उपाधि जितेको थियो । यस्तै, च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको थियो ।

पछिल्ला खराब नतिजा र क्लबको उपलब्धिहीन परियोजनाबाट दिक्क भएर मेस्सीले बार्सिलोना छाड्न चाहेको बताएका थिए । उनले सम्झौता अनुसार निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।

उनका पिताले समेत क्लबका अधिकारीसंग भेट गरि सम्झौता अनुसार मेस्सीलाई छाड्न अनुरोध गरेका थिए । तर क्लबले निशुल्क मेस्सीलाई छाड्न सक्ने समय नसकिएको उल्लेख गर्दै अर्जेन्टिनी फरवार्ड अनुबन्धनका लागि ७ सय मिलियन युरोको रिलिज क्लज सक्रिय हुने बताएको थियो ।

पछिल्लो हप्तामात्र मेस्सीले क्लबसंग विवाद बढाउन नचाहेको उल्लेख गर्दै सम्झौता अनुसार थप एक बर्ष बार्सिलोनामै बस्ने निर्णय लिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु