Information is intelligence
HomeNewsवामदेवकाे सट्टा आफूलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्रीलाई एक युवतीकाे निवेदन

वामदेवकाे सट्टा आफूलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्रीलाई एक युवतीकाे निवेदन

- Advertisement -spot_img

चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा वामदेव गाैतमकाे सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान भन्दै  निवेदन दिएकी छन् । स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् ।

त्रिविको मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताइन् ।

‘वामदेव गौतमभन्दा आफू योग्य भएकाले राष्ट्रिय सभामा नियुक्त गरिपाऊँ भनेर निवेदन दिएकी हुँ’ बरालले  भनिन्, ‘पटकपटक चुनाव हारेका वामदेव गौतमभन्दा कोही योग्य व्यक्ति नभेटेको भए उहाँभन्दा योग्य म छु भनेर जानकारी दिन निवेदन दिएकी हुँ, अब उहाँहरूले के गर्नुहुन्छ ।’

उनले मुलुकको प्रतिष्ठित संसदको रूपमा रहेको राष्ट्रिय सभा हार्नेहरूको आश्रयस्थल बन्न लागेकोले संसदको गरिमा जोगाउनको लागि आफूलाई सांसदको रूपमा मनोनयन गर्न माग गर्नुपरेको बताइन् ।

नले भनिन् ‘संविधानले मागेको सबै योग्यता मसँग छ, वामदेवजी जनताले मन नपराएका नेता हुन्, म जनतासँग मत माग्न नगएको नेपाली नागरिक हुँ । त्यसैले उहाँभन्दा मेरै योग्यता बढी छ । यही भएर मैले राष्ट्रिय सभा सदस्यमा दाबी गरेकी हुँ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु