Information is intelligence
HomeInternationalअन्सु फातिले तोडे ९५ वर्ष को रेकर्ड

अन्सु फातिले तोडे ९५ वर्ष को रेकर्ड

- Advertisement -spot_img

बार्सिलोनाका युवा खेलाडी अन्सु फाति सबभन्दा कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने स्पेनका युवा खेलाडी बनेका छन् । उनले सोमबार युक्रेन विरुद्ध आफ्नो पहिलो अन्तरास्ट्रिय गोल गरेका हुन् ।उनी  १७ वर्ष ३११ दिनका हुन्। फातिले युआन इरेजक्विनको रेकर्ड ९५ वर्ष पछि तोडेका हुन् । युआनले सन् १९२५मा १८ वर्षको उमेरमा स्विजरल्यान्ड विरुद्ध गोल गरेका थिए।

कोरोनाको महामारीबीच भैरहेको अन्तरास्ट्रिय खेलमा स्पेनले युक्रेन विरुद्ध ४-० ले जित निकालेको छ।पहिलो पटक स्पेनको लागि सुरुवाती ११ मा स्थान बनाएका फातीले ३२औं मिनेटमा गोल गर्दै स्पेनको तर्फबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान बनाएका हुन् ।त्यस्तै कप्तान सर्जीयाे रामोसोले खेलको ३ र २९औं मिनेटमा गोल गरेका थिए भने खेलको ८४ औं मिनेटमा फेरेन टोर्रेसले चौथो गोल गरेका थिए।        

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु