Information is intelligence
HomeNewsडोटी जिल्लामा निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप

डोटी जिल्लामा निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप

- Advertisement -spot_img

डोटी जिल्लामा पछील्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।

यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजेसम्म लागू भएको निषेधाज्ञा गएराति १२ बजे सकिएपछि निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिएका छन् । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजे सम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरुपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैैठकले निषेधाज्ञाको समयमा मानिसको आवतजावत रोकिने तथा रोगको सङ्क्रमण पनि अरु व्यक्तिमा नसर्ने भएकाले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेअनुसार सात दिनका लागि निषेधाज्ञाको समय पुनःथप गरिएको हो । निषेधाज्ञाको समय थप भएपछि यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला, सिलगढी, राजपुर बजार सुनसान छन भने बजारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

निषेधाज्ञा लागू भएसँगै बिना काम बजार आजतजावत गर्नमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्याल डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इद्रबहादुर मल्लले बताएका छन् । जिल्लामा यही भदौ १४ गते पहिलो पटक निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेर कम्तीमा पनि ९५५ जना पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि पुनः निषेधाज्ञा थप गरिएको र त्यसको सबैले पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन् ।

उनले भने ” कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थपिएको छ, सङ्क्रमणबाट जोगिन सबैले नियमको पालना गर्न जरुरी छ, अटेर गरे सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ ।” निषेधाज्ञाका क्रममा अत्यावश्यक पर्ने सेवा बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । जिल्लामा पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए निषेधाज्ञाका कारण जिल्लामा दैनिक ज्याला मजदूरी गरी खाने वर्गलाई भने निकै समस्या उत्पन्न भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु