Information is intelligence
HomeEconomyदाेश्राे दिनपनि उँभाे लागेन नेप्से

दाेश्राे दिनपनि उँभाे लागेन नेप्से

- Advertisement -spot_img

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से १२.१७ अंकले घटेर १२८७.८१ अंकमा बन्द भएको छ । आइतबार पनि नेप्से १० अंकभन्दा बढीले घटेको थियो । सेयर बजारप्रति अनुदारको आरोप लाग्दै आएका युवराज खतिवडा अर्थमन्त्रालयबाट बाहिरिँदा पनि लगातार दोस्रो दिन पनि सेयर बजार घटेको छ ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारप्रति अनुदार भएको आरोप सेयर लगानीकर्ताले लगाउँदै आएका थिए । उनले गत शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि सेयर बजार आइतबार र सोमबार दुई दिन खुलेको छ । तर बजार खुलेको दुबै दिने नेप्से भने घटेको छ ।

सोमबार पनि प्रि-ओपनिङ सेसनमा सामान्य वृद्धि सहित खुलेको नेप्से बजार खुलेपछि भने लगातार ओरालो लाग्यो । ११ बजेर ३५ मिनेटमा नेप्से  १६ अंकभन्दा बढीले घटेर १४८३.६३ अंकमा झरेको थियो । त्यही बिन्दुलाई आजको न्युनतम बिन्दु कायम गरेको नेप्सेले प्रि ओपनीङपछि बजार खुलेको १५०३.३८ को बिन्दुलाई नै आजको माथिल्लो बिन्दु कायम गर्‍यो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु