Information is intelligence
HomeInternationalरोड्रिगेज एभरटनमा अनुबन्ध

रोड्रिगेज एभरटनमा अनुबन्ध

- Advertisement -spot_img

एजेन्सी । कोलम्बियन अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई प्रिमियर लिग क्लब एभरटनले अनुबन्ध गरेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट उनलाई एभरटनले २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।सन् २०१४ मा स्पानिस क्लब रियल मड्रिडमा पुगेका रोड्रिगेजले ६ वर्षपछि मड्रिड छाडेका हुन् ।

२९ वर्षीय कोलम्बियन मिडफिल्डर पछिल्लो समय वार्यन म्युनिखमा लोनमा गएका थिए । उनी सन् २०१७ मा रियलबाट वायर्नमा लोनमा गएका थिए ।

त्यसपछि रियलमा आएका उनलाई प्रिमियर लिग क्लब एभरटनले यो सिजन मात्र अनुबन्ध गरेको हो । रियलका लागि १२५  खेल खेलेका उनले ३७  गोल गरेका थिए । वायर्नका लागि भने ६७ खेल खेल्दै १५  गोल गर्न सफल भए ।

एभर्टनसँग रोड्रिग्वेजले दुई वर्षको सम्झौता गरेका छन् । रोड्रिग्वेजले आफू एभर्टनमा आउँदा धेरै खुसी भएको बताएका छन् । उनले क्लबका लागि धेरै मिहिनेतसमेत गर्ने अफिसियल साइटसँगको कुराकानीमा बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु