Information is intelligence
HomePoliticsवामदेवलाई राष्ट्रियसभामा नलैजान सरकारलाई विवेकशीलको आग्रह

वामदेवलाई राष्ट्रियसभामा नलैजान सरकारलाई विवेकशीलको आग्रह

- Advertisement -spot_img

विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन लागिएको भन्दै दलले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।

“२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई संविधानको भाग ८, धारा ८६ (ख) बमोजिम राष्ट्रिय सभामा मनोनयन गरिने नेकपा सचिवालयको निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। नेकपाको यो निर्णय निम्न लिखित कारणहरूले अनुपयुक्त छ भन्ने हाम्रो ठहर रहेको छ,’ भनेर विज्ञप्तिमा भनिएको छ ।

‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई ललकार्दै वामदेव गौतम स्वयंले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रिय सभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको छ,’ विवेकशील नेपालको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्ति वेकशील नेपाली दलका नेता रमेश पौडेलले जारी गरेका हुन् ।

‘यसअघिका यस्तै प्रकृतिका मनोनयनहरू गम्भीर रूपले विवादित र आलोचित भैसकेको दृष्टान्त बिर्सेर पुनः गैर संवैधानिक र अलोकतान्त्रिक कार्यमा लागिरहने यो कम्युनिस्ट सरकारबाट मतदाता र आम नागरिकहरू आजित भैसकेको अवस्था छ,’।विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभामा गौतमको आवश्यकताबारे नेकपासँग जवाफ मागिएको छ र प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रियसभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको पनि दलले बताएको छ। विवेकशीलले गौतमको नेतृत्वले देशलाई के सकारात्मक योगदान दियो भनेर प्रश्नसमेत गरेको छ । निर्वाचनमा पराजितहरुलाई जम्मा गर्दा सभाको गरिमा घट्ने पनि दलले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु