Information is intelligence
HomeInternationalसन्दीप आबद्ध तालावाज पहिलो सेमिफाइनल आज

सन्दीप आबद्ध तालावाज पहिलो सेमिफाइनल आज

- Advertisement -spot_img

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तालावाजले आज पहिलो सेमिफाइनलमा ट्रिन्बागो नाइट राइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ। तालावाजमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आबद्ध छन्।

खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे हुनेछ। लिग चरणमा नाइट राइडर्सले कुनै पनि खेल नहारी शीर्षस्थानका साथ सेमीफाइनलमा पुगेको हो। तालावाज भने १० खेलमध्ये ६ वटामा पराजित भयो। तीन वटामा जितेको तालावाजको एउटा खेल वर्षाले अवरुद्ध गरेको थियो।

सन्दीपले १० मध्ये नौ खेलमा बलिङ गरे। बलिङ गरेका सबै खेलमा उनले विकेट लिएका छन्। उनी सबैभन्दा बेढी खेल खेलेर कम ‘इकोनोमी रेट’ हुने खेलाडी हुन् । उनले प्रतियोगितामा ५.०५ को औषतमा रन दिएका छन्।

अहिलेसम्म उनले १२ विकेट लिएका छन्। बढी विकेट लिने खेलाडीको सूचीमा उनी पाचौँ स्थानमा छन्। उनकै टीमका मुजिब उर रहमान र गुयाना अमेजन वारियर्सका इमरान ताहिरले सबैभन्दा बढी १५ विकेट लिएर पहिलो र दोस्रो स्थानमा छन्।

सन्दीपको टीममा मुजिबसहित ग्लेन फिलिप्स, जर्मेन ब्लाकवुड, रोवमान पावेल, आन्द्रे रसेल, कार्लोस ब्रेथवेटलगायत खेलाडी छन्। नाइट राइडर्समा सुनिल नारिन, किरोन पोलार्ड, लिन्डल सिमोन, डारेन ब्राभो, सिकन्दर राजा, डीजे ब्राभो लगायत खेलाडी छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु