Information is intelligence
HomeUncategorizedभैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता

भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता

- Advertisement -spot_img

अर्घाखाँची — सन्धिखर्क नगरपालिकाले भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले युवाहरुलाई पनि पशुपालनमा प्रेरित गर्न भत्ता दिने भएको हो। नगरपालिकाले दुई हजार रुपैयाँ सुत्केरी भत्ता दिन लागेको हो ।

“भैंसीको संरक्षण गर्न, कृषकलाई प्रोत्साहन होस् भनेर भत्ता दिन लागिएको” नगरपालिकाका पशु विकास शाखा प्रमुख विजय खनाल भन्छन। भैंसी सुत्केरी भएको दुई महिनाभित्र भत्ता लिन आइसक्नुपर्ने र उक्त रकम पौष्टिक आहार खुवाउन प्रयोग गर्नुपर्ने नगरपालिकाले भनेको छ । सन्धिखर्कमा नगरपालिकाभित्र करिब २० हजार भैंसी रहेको र तीमध्ये १० हजारजति ब्याउने अवस्थामा रहेको खनालले जानकारी दिए ।

जिल्ला सदरमुकाममा दैनिक १२ सय लिटर भन्दा बढी दूध उत्पादन हुन्छ । नगरपालिकाले पशु बिमाका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदान दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु