Information is intelligence
HomeAMKआजको मुख्य समाचार

आजको मुख्य समाचार

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२३ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषय वस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति
  • समसामयिक
  • पर्यटन
  • अन्तरराष्ट्रिय
  • स्वास्थ्य
  • अर्थ

कोरोना सम्बन्धी

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि,उपत्यकामा थपिए ३९६।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछील्लो २४ घण्टामा देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ भने अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी।

उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद भएको छ।

भदौ ४ गतेदेखि निषेधाज्ञा तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग

एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन्।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

राजनीति

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

उनले मंगलबार नै स्वाब परीक्षण गराएका थिए। कोरोना संक्रमण देखिए पछी उनको पुनः स्वब परीक्षण गरिएकाे थियाे।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

समसामयिक

विवादित रेलमार्गको ठेक्का रद्द

पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत रेलका लागि लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो ।

प्रक्रिया पूरा नगरी सेटिङमा ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

दरबार हाइस्कूलको भवन हस्तान्तरण

चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ ।

गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । आज यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

यातायात व्यवसायी धर्नामा

हाेल्डिङ सेन्टरमा रहेकालाइ लैजान पाउनुपर्ने माग गर्दै यातायात व्यवसायी धर्नामा।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्लासम्म पुर्‍याउन सस्तो भाडा दर प्रस्ताव गरेपनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन्।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

पर्यटन

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायिलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ बनाइएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

अन्तरराष्ट्रिय

चीन-भारत तनाब : ४५ वर्षपछि पहिलो पल्ट सिमानामा गोली चल्यो

मंगलबार विज्ञप्ति निकाल्दै भारतीय सेनाले चिनियाँ सेनालाई लद्दाखस्थित विवादित सीमा क्षेत्रमा हवाइ फायरिङ गरेको आरोप लगाएको छ ।

चिनियाँ सेनाले सोही स्थानबाट गोली प्रहार गरेको भन्दै आरोप लगाएको केही घण्टापछि नै भारतीय सेनाले यस्तो जनाएको हो ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।

विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

स्वास्थ्य

११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु

गोरखा, ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ ।  विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिए।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

कृषि

बाह्र लाखको माछा नष्ट

ताराखोलामा कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँ माथि वर्षातको खोलाले मार पारेको छ। ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु