Information is intelligence
HomeInternationalरोनाल्डो नयाँ कृतिमान बनाउन ९ गोल पछि

रोनाल्डो नयाँ कृतिमान बनाउन ९ गोल पछि

- Advertisement -spot_img

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले अन्तरास्ट्रिय खेलमा १०० गोल पुरा गरेका छन्। अन्तरास्ट्रिय खेल जगतमा १०० गोल पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्।

दस महिनाको लामो समयपछि  खेलेका रोनाल्डोले स्वीडेन बिरुद्ध २ गोल गर्न सफल भए। खेलको ४४ औ मिनेटमा फ्री- किकलाई गोलमा परिणत  गरेका उनले सोहि गोल बाट आफ्नो १०० औँ गोल पुरा गरेका हुन् भने खेलको ७२ औ मिनेटमा डिबक्स बाहिर बाट प्रहार गरेकाे बललाई गोलमा    परिणत गरे। गएराती भएको खेलमा पोर्चुगलले स्वीडेनलाइ २-० ले पराजित गरेको खेलमा दुबै गोल रोनाल्डोले गरेका थिए।  

अन्तरास्ट्रिय खेलमा सर्बाधिक गोल गर्ने खेलाडी को मुख्य सूचीमा इरानका अलि दई  १०९ गोलका साथ पहिलाे स्थानमा छन् भने रोनाल्डो  १०१ गोल सहित दोस्रो नम्बरमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु