Information is intelligence
HomeInternationalसन्दीप लामिछाने सम्मिलित जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

सन्दीप लामिछाने सम्मिलित जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

- Advertisement -spot_img

पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ। जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि  ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ।

मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो। नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो। उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो। समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो।

टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो। जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो। जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गरे। जमैकाले दुई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराए। जमैकाको विकेट पतनको क्रम यतिमै रोकिएन। टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो। मुजिबउर रहमान रन नै नबनाई पवलियन फर्किए। उहाँलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए। जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो । नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई चार रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराए।

जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गरे। उहाँले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए। जमैकाको स्कोर ६३ रन छँदा उहाँ आउट भए। लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए। उनले पाँच बल खेल्दै मात्र दुई रन बनाए। रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए। त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाए। उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए। उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए। जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए।

एक सय आठ रनको झिनो स्कोर  क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले। जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित भए। सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लए। उनले सुनिल नराइनेको विकेट लिएका हुन्। योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बन्नुभएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु