Information is intelligence
HomeNewsप्रहरीको गाडीले ठक्कर दिदा १ को मृत्यु २ घाइते

प्रहरीको गाडीले ठक्कर दिदा १ को मृत्यु २ घाइते

- Advertisement -spot_img

नेपाल प्रहरीको गाडीले ठक्कर दिदा रौतहटमा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मंगलबार बेलुका ९ बजे चन्द्रपुर ४ लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो।

कटहरीया नपा ६ बगहिटोलका ६० वर्षीय नथुनी महत्तोको ज्यान गएको हो भने सोहि गाउँका ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलराका ५५ वर्षीय जगदिश महतो घाइते भएका छन् ।

ना १ ग ४७९ नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको गाडीले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ भने गाडी चालक सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु