Information is intelligence
HomeNewsप्रधानमन्त्री ओलीविरूद्द साउदीमा नाराबाजी

प्रधानमन्त्री ओलीविरूद्द साउदीमा नाराबाजी

- Advertisement -spot_img

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका पीडित नेपाली श्रमिक नागरीकले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नै नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन् ।

नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखेका थिए तर कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको भनेर जानकारी दिएपछि काम गुमाएर महिनौंदेखि विमान कुरिरहेका नेपाली कामदार नेपाल फर्किन नपाएपछी आक्रोशमा प्रधानमन्त्री विरूद्द नाराबाजी सुरू गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । उनीहरुले ‘नेपाली दूतावास खारेज गर’ को नारा र सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’भन्दै नारा लगाएका थिए ।

उनीहरु मंगलबार नेपाल उड्ने मिति तय भएपनि तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि  थप आक्रोशित भएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु