Information is intelligence
HomeSportsटी-ट्‍वान्टी वरीयतामा नेपालको स्थान कतिमा ?

टी-ट्‍वान्टी वरीयतामा नेपालको स्थान कतिमा ?

- Advertisement -spot_img

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-ट्‍वान्टी वरीयतामा नेपाल यथावत् छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत् रहेको हो ।

नयाँ वरीयताको १५ स्थानमा यथावत् रहेको नेपालको २३ खेलमा १८० रेटिङ अंक छ । एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र यूएई छन् । स्कटल्यान्ड १४ र युएई १३औं स्थानमा छन् ।

टी-ट्‍वान्टी वरियताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । तीन खेलको टी-ट्‍वान्टी सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई पराजित गरेको अस्ट्रेलिया वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

अस्ट्रेलिया २२ खेलमा २७५ रेटिङ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेल खेलेको इङ्ल्यान्डको २७१ रेटिङसहित दोस्रो स्थानमा छ । त्यस्तै भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु