Information is intelligence
HomeAMKआजको मुख्य समाचार

आजको मुख्य समाचार

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०५-२४ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषय वस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • पर्यटन
  • अन्तरराष्ट्रिय
  • स्वास्थ्य
  • अर्थ

कोरोना सम्बन्धी

२४ घण्टामा थप १०८१ जनामा कोरोना,उपत्यकामा ४६४

नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ४९,२१९ जना पुगेको छ।

त्यस्तै ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन्। हिजो सर्वाधिक संक्रमित निको भएर घर फर्किएकोमा आज त्यसको करिब आधाभन्दा पनि कम निको भएका हुन्। यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ३३८८२ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

कोरोना नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थालाई रकम दिइने

वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई रु १८ करोड २६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका आधारमा रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

कोरोनाका कारण विश्वभरी दुई करोड ७७ लाख सङ्क्रमित

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

राजनीति – समसामयिक

प्रधानमन्त्री ओलीविरूद्द साउदीमा नाराबाजी

नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखेका थिए तर कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको भनेर जानकारी दिएपछि काम गुमाएर महिनौंदेखि विमान कुरिरहेका नेपाली कामदार नेपाल फर्किन नपाएपछी आक्रोशमा प्रधानमन्त्री विरूद्द नाराबाजी सुरू गरेका हुन्।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकि छिन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा  कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी  पाएकी हुन्  । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

पर्यटन

बर्दियामा वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने

बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ ।  हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो ।

झण्डै रु नौ करोड  लागत लाग्ने बताइएको यो योजना वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै चालु आवदेखि निर्माण शुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताए।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

कोरोना माहामारी विच : ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

काभ्रेको रोशी–२ स्थित ‘तीनधारे झरना’ मा कोरोना कहरकै बीचमा पनि विशेषगरी शहर बजार क्षेत्रका मानिस घुम्न पुग्ने गरेका हुन् । महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ ।

सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि त्यहाँ पर्यटक पुग्ने गरेका छन् ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

अन्तरराष्ट्रिय

अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट

अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

स्वास्थ्य

एक चिकित्सकका भरमा जिल्ला अस्पताल

हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा जिल्ला अस्पतालको सेवा प्रवाह हुँदै आएको छ ।

सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारी एकमात्र चिकित्सक हुन् ।

मनाङबाट एकजना चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

अर्थ

नेप्से दाेहाेराे अङ्कले बढ्याे

केही दिनयता लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से १३ दशमलव शून्य पाँच अङ्कले बढेर १५ सय आठ दशमलव २० अङ्कमा पुगेको हाे ।

बुधबार सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

खेलकुद

आईसीसीद्वारा टी-ट्‍वान्टीको नयाँ वरीयता सार्वजनिक

नयाँ वरीयताको १५ स्थानमा यथावत् रहेको नेपालको २३ खेलमा १८० रेटिङ अंक छ । एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र यूएई छन् । स्कटल्यान्ड १४ र युएई १३औं स्थानमा छन् ।

त्यस्तै टी-ट्‍वान्टी वरियताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । तीन खेलको टी-ट्‍वान्टी सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई पराजित गरेको अस्ट्रेलिया वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

रोनाल्डो बने अन्तरराष्ट्रिय खेलमा १०० गोल पुरा गर्ने दोर्सो खेलाडी

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले अन्तरास्ट्रिय खेलमा १०० गोल पुरा गरेका छन्। अन्तरास्ट्रिय खेल जगतमा १०० गोल पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्।

दस महिनाको लामो समयपछि  खेलेका रोनाल्डोले स्वीडेन बिरुद्ध २ गोल गर्न सफल भए। खेलको ४४ औ मिनेटमा फ्री- किकलाई गोलमा परिणत  गरेका उनले सोहि गोलबाट आफ्नो १०० औँ गोल पुरा गरेका हुन्।

थप समाचार पढ्न यहाँ थिच्नुहोस्

दरबार टाईम्स – आजको मुख्य खबर (भिडियो)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु