Information is intelligence
HomeEconomyनेप्से दाेहाेराे अङ्कले बढ्याे

नेप्से दाेहाेराे अङ्कले बढ्याे

- Advertisement -spot_img

काठमाण्डाै – केही दिनयता लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से १३ दशमलव शून्य पाँच अङ्कले बढेर १५ सय आठ दशमलव २० अङ्कमा पुगेको हाे ।

बैंक र विकास बैंक बाहेक अरु सबैजसो समूहको शेयर बुधबार उकालो लागेको छ । निर्जीवन बीमा समूहको शेयर दुई सय ६१ अङ्कले, बीमा समूहको एक सय ६६, माइक्रो फाइनान्सको ५५ र उत्पादन समूहको शेयर २४ अङ्कले बढेको छ ।

बुधबार दुई अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बराबरका ५८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि  नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु