Information is intelligence
HomeNews२४ घण्टामा थप १०८१ जनामा कोरोना,उपत्यकामा ४६४

२४ घण्टामा थप १०८१ जनामा कोरोना,उपत्यकामा ४६४

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ४९,२१९ जना पुगेको छ।

काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ३६ जनामा र ललितपुरमा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन्। हिजो सर्वाधिक संक्रमित निको भएर घर फर्किएकोमा आज त्यसको करिब आधाभन्दा पनि कम निको भएका हुन्। यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ३३८८२ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु