Information is intelligence
HomePoliticsचुनावमा हार पनि भयो वरदान, यी हुन् वरदानधारी माननीयहरु

चुनावमा हार पनि भयो वरदान, यी हुन् वरदानधारी माननीयहरु

- Advertisement -spot_img

राजनीति सम्भावनाकाे खेल हाे। नेपालकाे सवालमा भन्ने हाे भने माैकाकाे खेल हाे । माैका पाउने वित्तिकै पद या पावर हडप्न पछि पर्दैनन् नेपाली राजनीतिज्ञहरू । उनीहरूलाइ थाहा छ , आफू नभए अर्काेले ठाउँ लिन्छ । यस्ताे सँस्कृति नेपालमा धेरै लामाे समयदेखि चलिआएकाे छ। क्रान्तिकारी परिवर्तनकाे आडमा सत्तामा आएकाहरू पनि मनमाैजि रूपमा लागिरहेका छन् । सत्ताकै वरिपरिमात्र भमराजस्ताे भुनभुनाउन चाहनेहरू जनमतलाई कुल्चिन पनि पछि पर्दैनन् । उनीहरू आफूवरिपरि नै सत्ता घुमाेस भन्ने चाहन्छन ।

हालैमात्र निर्वाचनमा पराजित भएर पनि राष्ट्रियसभामा मनाेनित गर्न राष्ट्रपतिलाइ सिफारिस गर्ने निर्णय गरेपछि वामदेव गाैतमकाे चर्चा निकै नै चलिरहेकाे छ। झण्डै दुइ तिहाइ  बहुमत भएकेा नेकपा सरकारले वामदेव गाैतम मात्र हाेइन अन्य नेताहरूलाई पनि जनमत कुल्चिएर राष्ट्रियसभामा निर्वाचित गरेकाे छ ।

तीनै भाग्यमानीहरू जसलाई  जनमतकाे कुनै महत्व रहेन , निर्वाचनमा पराजित भएर पनि राष्ट्रियसभा सदस्य भएका छन् । उनीहरूकाे बारेमा चर्चा गराैँ।

वामदेव गाैतम

२०७४ सालकाे प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका सञ्जयकुमार गाैतमसँग ७५३ मतान्तरले पराजित भएका वामदेव गाैतमलाई नेकपा सचिवालयले हालै राष्ट्रियसभा सदस्यकाे रूपमा मनाेनयन गर्न सिफारिस गर्ने निर्णय  गरेकाे छ । याे निर्णय निकै विवादित र चर्चित पनि बनेकाे छ ।

नारायणकाजी श्रेष्ठ
२०७४ सालकाे प्रतिनिधिसभा निर्वाचनमा गाेरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँशक्ति पार्टीका बाबुराम भट्टराइसँग ६८७४ मतान्तरले पराजित भएका नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा निर्वाचनमा ३४६२ मतका साथ विजयी भएका थिए । उनी हाल नेकपाका प्रवक्तासमेत रहेका छन् ।

जगप्रसाद शर्मा(अपार)

प्रदेश सभा निर्वाचन २०७४ काे निर्वाचनमा दाङ क्षेत्र नम्बर दुइबाट नेकपाका इन्द्रजित थारूसँग १२३२७ मतले पराजित भएका राष्ट्रिय जनमाेर्चा नेपालका जगप्रसाद शर्मा राष्ट्रिय सभाकाे चुनावमा  अल्पसंख्यक तर्फबाट५ हजार ४ सय २४ मतभार सहित विजयी भएका थिए।

भगवति न्याैपाने

स्थानीय तह निर्वाचन २०७४ मा तनहुँ जिल्लाकाे भानु नगरपालिकाकाे मेयर पदका लागि भएकाे निर्वाचनमा नेपाली कांग्रसका उदयराज गाैलीसँग २७४ मतले पराजित भएकी नेकपाकी भगवति न्याैपाने राष्ट्रिय सभाकाे निर्वाचनमा भने ३३६६ मतका साथ विजयी भएकी थिइन्।

विमला घिमिरे

स्थानीय तह निर्वाचन २०७४ मा कपिलवस्तु जिल्लाकाे वाणगंगा नगरपालिकाकाे मेयर पदकाे निर्वाचनमा नेपाली कांग्रेका मंगलप्रसाद थारूसँग ४६० मतले पराजित भएकी नेकपाकी विमला घिमिरे राष्ट्रियसभाकाे निर्वाचनमा भने ५७७८ मतसहित विजयी भएकी थिइन्।  

सिंहबहादुर विक

स्थानीय तह निर्वाचन २०७४ मा सिन्धुपाल्चाेक जिल्ला लिशंखु पाखर गाउँपालिका काे सदस्य पदमा पराजित भएका नेकपाका सिंहबहादुर विक राष्ट्रियसभा सदस्यकाे निर्वाचनमा भने ६८५८ मत ल्याएर विजयी भएका थिए ।

मृगेन्द्रकुमार सिंह यादव

प्रतिनिधिसभा निर्वाचन २०७४ मा सप्तरी निर्वाचन क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चाैधरीसँग ९२२७ मतले पराजित भएका हाल जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव राष्ट्रियसभा निर्वाचनमा  भने विजयी भएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु