Information is intelligence
HomeNewsप्रधानाध्यापकद्वारा अभिभावक कुटिए

प्रधानाध्यापकद्वारा अभिभावक कुटिए

- Advertisement -spot_img

बुटवल,  कोरोना भाइरस महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द रहेकैबेला  निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।

प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् ।

भदौ ९ गते जिल्ला प्रहहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपनि प्रहरीले कुँवरलाई अझैसम्म पक्राउ गर्न सकेको छैन । राजनीतिक शक्तिको आडमा प्रहरी प्रशासन पनि प्रभावित भएर प्रिन्सिपललाई पक्राउ नगरिएको पीडित परिवारको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले प्रिन्सिपल कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाले अनुसन्धान भइरहेको तर पीडक फरार रहेको बताए । प्रिन्सिपल कुँवरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच्ड अफ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु